कपिलवस्तु ५ कात्तिक । कपिलवस्तुमा हरेक बर्ष बन अतिक्रमण गरी बस्ती बसाल्ने क्रम जारी रहेको छ । पछिल्लो तथ्याङक अनुसार १० हजार ७३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने प्रावधान बन कानूनमा भएपनि कपिलवस्तुमा बर्सेनि वन अतिक्रमणको क्रम बढ्दो छ । जिल्लाको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका, गुगौली, गोरुसिँगेलगायतका स्थानमा सबैभन्दा बढी वन अतिक्रमणमा भैरहेको छ तर जिल्ला बन कार्यालय र जिल्ला प्रशासन कार्यालयले अतिक्रमण रोक्न केहि गर्न सकेका छैनन् ।