लोकमानका कारण नेताहरुको बिदेश भ्रमण स्थगीत,ओली बङ्गलादेश जान पाएनन् !

0
253

काठमाडौँ, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ ।

मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको एमाले सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुखको पनि आज देखि हुने भनिएको बिदेश भ्रमण रोकएिको छ ।