जापानमा शक्तिशाली भूकम्प,ठूलो क्षतीको अनुमान ।

0
380

टोकियो, ५ कात्तिक । जापानको टोट्टोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६।६ रिक्टर स्केलको मापन गरिएको जापानको मौसमविज्ञान विभागले जानकारी दिएको छ ।

टोट्टोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्र विन्दु सो प्रान्तको आपपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

यस भूकम्पबाट भएको मानवीय र भौतीक क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यद्यपी सो भूकम्पबाट कैयौँ व्यक्ति घाइते भएको एएफपी समाचार समितिले जानकारी दिएको छ ।