पुर्वाञ्चल बिश्व बिद्यालयको २५ औं सभा सम्पन्न,सिनेट सदस्य बढाउने नेबिसंघको माग पुरा हुने ।

0
595

कार्तिक ६ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा पुर्वाञ्चल बिश्व बिद्यालयको २५औं सभा सम्पन्न भएको छ । सभाले बिश्वबिद्यालयको स्तरबृद्धिका लागि चाल्नुपर्ने कदमका बिषयमा गम्भिर छलफल गरेको छ । सभामा ईजिनियरिङ अध्यायनमा पुर्वाञ्चल बिश्वबिद्यालयले पुर्याएको योगदानको स्मरण गर्दे आगामी दिनमा क्षेत्र र सिमा बिस्तार गर्नु पर्ने बिषयमा सहभागीहरुले प्रस्ताव गरेका थिए ।

विध्यार्थी प्रतिनीधित्ववाट सिनेट सदस्यको संख्या थप गर्नु पर्ने नेपाल बिद्यार्थी संघको माग पुरा गर्न पुर्वाञ्चल बिश्वबिद्यालय ऐन संसोधन गर्न आफु तयार रहेको शिक्षा मन्त्री धनिराम पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो । आफुहरुको लोमो समय देखिको माग प्रति शिक्षा मन्त्रि सकारात्मक हुनुले पि यु को अवस्थामा धेरै सुधार आउने नेबिसंघका केन्द्रिय सदस्य तथा पुर्वाञ्चल बिश्वबिद्यालय संयोजक सुवास कठायतले सञ्चार खवरलाई जानकारी दिनु भयो ।subash

उहांले भन्नु भयो नेपालको शिक्षा क्षेत्रको सुरधारका लागि पि यु ले जति योगदान अन्य बिश्वबिद्यालयले नगरेको भन्दै यसलाई राजनीतिक दवाबबाट मुक्त गर्न नेतृत्वले भुमिका खेल्नु पर्ने बताउंनु भयो । कठायतले बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त ६४ वटा कलेज राजधानीमा हुंदा पनि बिश्व बिद्यालयको सम्पर्क कार्यालयमा नहुंदा बिद्यार्थी मर्कामा परेको भन्दै राजधानीमा सम्पर्क कार्यालयको आफ्नै भवन बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

सभामा कुल पतिका हैसियतमा बोल्दै प्रधानमन्त्री दाहालले पि यु ले खेलेको भुमिकाको सहयोग गर्न प्रसंसा गर्दै राज्यको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनु भयो । बिश्वबिद्यालयका उपकुलपति घनश्याम लाल दासले बिश्व बिद्यालयको भौतिक स्तर उन्नति गर्न आवश्यक रहेको भन्दै बिभिन्न प्रस्ताव पेश गर्नु भएको थियो । १ नम्बर प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्न बिश्वबिद्यालयले कार्ययोजना बनाएको छ भने ८०५ रोपनी जग्गा भएको मोरङको गोठगाउंमा ट्रमा सेन्टर र कृषि क्याम्पस खोल्ने देखि पूसेटको प्रस्ताव पेश गर्दै २४औं सभाबाट गठन गरिएको समीतीको प्रतिबेदन समेत सभामा पेश गर्नु भएको थियो ।