अग्नि सुरक्षा तथा जनचेतना सप्ताह सुरु ।

0
455

काठमाडौँ, ६ कात्तिक । नेपालीको महान् दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी अग्निजन्य प्रकोप व्यवस्थापन गर्ने उद्देश्यले “अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह–२०७३” को सुरु भएको छ ।

आगोको गुण पहिचान गरेर सही उपयोग गरे यसबाट लाभ हुने अन्यथा आगोले जनधनको क्षति हुने भन्दै काठमाडौँ महानगरपालिकाले आजदेखि सुरू गरेको महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।barun

महानगरपालिकाले विगतमा भएका आगलागीका घटना विश्लेषण गर्दै सामान्य सावधानी अपनाए आगलागीको सम्भावित ठूलो क्षतिबाट बच्न सकिन्छ भन्ने चेतना जगाउन पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको हो । तिहार बत्तीसँग सम्बन्धित पर्व भएको र त्यसबाट मानवीय र अन्य भौतिक क्षतिसमेत हुने भएकाले सावधानीका लागि सहरवासीलाई सचेत गराउन पहिलोपटक यसप्रकारको सप्ताह मनाएको कार्यकारी अधिकृत तामाङको भनाइ छ ।

सप्ताह शुभारम्भका अवसरमा अग्नि नियन्त्रक तथा अग्नि नियन्त्रक स्वयम्सेवक, नेपाल प्रहरी, नेपाल रेडक्रस, नेपाल स्काउट, वडास्तरीय विपत् व्यवस्थापन समिति, स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

सोही अवसरमा जुद्ध बारुण यन्त्र कार्यालय, धर्मपथबाट सुरु भएको जनचेतनामूलक पदयात्रा ओमबहाल, नरदेवी, बाङ्गेमुढा, इन्द्रचोक हुँदै पुनः धर्मपथमा आएर समापन भएको थियो ।