महाअभियोगको बिषय सामान्य,संबिधान कार्यान्वयनमा ध्यान दिन वरिष्ठ नेता पौडेलका आग्रह ।

0
451

तनहुं ६ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर आत्तिनु पर्ने अवस्था नभएको बताउनु भएको छ ।

नेपाली काँग्रेस तनहुँद्वारा आयोजित प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले कार्कीको विषयमा काँग्रेस छिट्टै निष्कर्ष निकाल्ने बताउनुभयो ।

संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले त्यसो नगर्न आग्रह गर्नु भयो । उहांले भन्नु भयो संबैधाकि अंगका प्रमुखको नियुक्ति र बर्खास्ती सामान्य बिषय भएको भन्दै धेरै हल्ला नगर्न आग्रह गरे पनि कांग्रेसले के गर्छ भन्ने बिषयमा मुख खोल्न चाहेनन् ।