मन्दिरको भेटी संस्कृत शिक्षामा लगानी ।

0
677

म्याग्दी, ७ कात्तिक । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाउने भेटीबाट शालग्राम गण्डकी वेद विद्याश्रम सञ्चालन गर्ने कार्यमा लगानी गरिएको हो । विद्यालय सञ्चालनका लागि मासिक ५० हजार रुपैयाँ खर्च हुने गरेको छ । शिक्षकको तलब, विद्यार्थीलाई निःशुल्क छात्रावास, पोसाक र भोजनका लागि आवश्यक पर्ने रकम भेटीबाट व्यवस्थापन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।

विद्याश्रममा संस्कृतसहित अङ्ग्रेजीलगायत अन्य पाठ्यक्रम तथा विषयको समेत पठनपाठन हुने गरेको छ । हाल म्याग्दी, पर्वत, कास्की, मुगु, कालीकोट र रामेछापका १५ जना विद्यार्थी अध्ययनरत छन् भने तीन जना शिक्षक कार्यरत छन् ।