इजिप्टका उच्च सैनि अधिकारीको हत्या ।

0
567

कायरो इजिप्ट, ६ कात्तिक । इजिप्टको उत्तरी क्षेत्र सिनाइएमा कार्यरत उच्च सैनिक अधिकारीलाई आफ्नै घर नजिकै कायरोमा शनिबार गोली हानी हत्या गरिएको इजिप्टकोसरकारी सञ्चार माध्यमले जनाएको छ ।

इजिप्टको तनावग्रस्त सिनाइ प्रान्तमा सशस्त्र विभागको नेतृत्व सम्हाल्दै आएका ब्रिगेडियर जनरल अदेल रजाइलाई शनिबार बिहानै उहाँकै घर अगाडि गोली हानी हत्या गरिएको थियो ।

घटनामा रजाइका ड्राइभरलाई समेत हत्या गरिएको छ भने उहाँका अङ्गरक्षक गम्भीर घाइते हुनुभएको छ ।

रजाइका श्रीमतीका अनुसार तीन जना आक्रमणकारी घर अगाडि गाडीमा लुकेर बसेका र रजाइ घरबाट निस्किँना साथ आक्रमण गरेको बताउनुभयो । आक्रमणको तत्कालै कुनै समूहले जिम्मेवारी लिएको छैन भने आक्रमण कारीको खोजी तिब्र पारीएको सुरक्षा अधिकारीले बताएका छन् ।