कञ्चनपुर, ७ कात्तिक । श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको चरणमा पुगे पनि संचारगृहमा लागू गर्न चुनौतीपूर्ण रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले बताउनुभएको छ ।
शनिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेकाले पत्रकारले व्यावसायिक र दक्ष बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामाजिक र राजनीतिक अधिकार स्थापित गर्न सञ्चारजगत्को ठूलो योगदान रहेको चर्चा गर्नुहँुदै उहाँले पत्रकारको पेसागत मुद्दा अझैसम्म हल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । उहांले समानुपातिक विज्ञापन प्रणाली लागू गर्नमा जोड दिइएको बताउदै मोफसलका सञ्चारमाध्यमले विज्ञापन पाउनुपर्ने धारण राख्नु भयो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले श्रमजीवी पत्रकारको पारिश्रमिक निर्धारणको कार्य ऐनमा वैज्ञानिक तरिकाले गरिएको बताउनुभयो । बजारमा दक्ष पत्रकारको ठूलो माग रहेको उल्लेख गर्दै उहाँले दक्ष पत्रकार भए मात्रै माग अनुसारको तलब पाइने धारणा राख्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका पुर्व नेता तथा प्रेस युनियनका प्रतिनिधिहरुले समस्या समाधानमा लाग्न नेतृत्वलाई सुझाव दिएका थिए ।