लमजुङको तातो पानी कुण्डमा नुहाउनेको भिड ।

0
1082

लमजुङ, ८ कात्तिक । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्डमा नुहाउने सिजन सुरु भएको छ ।बाहुनडाँडा गाविस–४ मा रहेको सो तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम सातासम्म तातेपानीमा नुहाउने सिजन सुरु भएपछि विभिन्न ठाउँबाट मानिस नुहाउन आउने गरेका छन् ।

जाडोयाममा तातोपानीमा नुहाउनुको आनन्द त छदैछ, तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चाया, डन्डिफोर जस्ता छालासम्बन्धी रोग, बाथ, हाडजोर्नी, नशासम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

एक पटक मात्र नुहाएर निको नहुने भन्दै हप्ता दिनसम्म पनि निरन्तर तातोपानी नुहाउन मानिस आउने गरेका छन् ।

हप्ता दिनभन्दा पनि धेरै नुहाएमा नशा, छालालगायतका शरीरका रोग निको हुने विश्वास रहेको त्यहाँ नुहाउन जानेको भनाइ छ ।