दक्षिण एसीयामै राम्रो कानुनी राज्यमा नेपाल शिर्ष स्थानमा ।

0
625

  काठमाडौं, ८ कात्तिक  ।  दक्षिण एसियामा नेपाल  सबैभन्दा राम्रो कानुनी राज्य भएको देश   एक अध्ययनको अनुसार देखिएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा रहेको  छ । वर्ल्ड जस्टिस प्रोजेक्टले रुल अफ ल इन्डेक्स २०१६ सार्वजनिक गरेको छ । जसमा दक्षिण एसियाली देशहरुमा नेपाल शीर्ष स्थानमा परेको छ । भारत पनि नेपालभन्दा ३ नम्बर पछाडि अर्थात् ६६ औं स्थानमा छ । यस्तै श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा छन् । विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भने डेनमार्क बनेको छ । नर्वे दोस्रो स्थानमा परेको छ भने तेस्रो स्थानमा फिनल्याण्ड छ । यसैगरी रुल अफ ल इन्डेक्समा बेलायत १० औं र अमेरिका १८ औं नम्बरमा परेका छन् ।