रारामा गाँसबासको उचित ब्यवस्था नहुँदा पर्यटकहरु समस्यामा ।

0
399

मुगु ,८ कात्तिक ।  नेपालकै सबैभन्दा ठूलो र सुन्दर रारा ताल हेर्न आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।मुगुमा रहेका रारा छेउका दुर्इवटा होटेलले आगन्तुक पर्यटकलार्इ धान्न नसक्ने भएपछि गाँसबासका लागि असहज भएको छ ।
कच्ची भए पनि मुगु सदरमुकाम सडक सञ्जालसंग जोडिएको र ताल्चा विमानस्थल पनि कालोपत्रे भएपछि यातायातमा सहजता आएकाले रारा हेर्नेको संख्या दिन प्रतिदिन बढ्न थालेको छ ।जैविक विविधतायुक्त र प्राकृतिक सुन्दरताले भरीपुर्ण रारा जति सुन्दर छ, त्यति नै असहजता पर्यटकहरुले खेप्नुपर्छ । रारामा बास बस्ने डाँफे र भिलेज हेरिटेज दुर्इ वटामात्र होटल भएकाले थुप्रै पाहुना आएको अवस्थामा आवश्यक सुविधा दिन समेत कठिन हुने गरेको छ । हिउँद होस् वा बर्षा कुने पनि सिजनमा राराको सुन्दरतामा कमी हुँदैन । यतिखेर पनि न त किनारमा हरीयाली छ, न त हिमालमा हिउ नै छ, तर पनि राराको सुन्दरतामा कमी छैन ।तर गाँसबासको पर्याप्त ब्यवस्था नहुँदा दिनानुदिन भ्रमणमा आउने यात्रिहरु मारमा पर्ने गरेका छन् ।