संविधानमा संशोधन गर्नुपर्ने रास्ट्रपति गेयुन हाईको प्रस्ताब ।

0
637

 सोल, ८ कार्तिक ।  दक्षिण कोरियाली राष्ट्रपतिको ५ बर्षे पदावधिमा परिवर्तन गर्ने सम्बन्धमा वर्तमान राष्ट्रपति पार्क गेयुन हाईले पहिलो प्रस्ताव गर्नु भएको छ । राष्ट्रपतिले यस्तो प्रस्तावले तत्कालै बिपक्षीहरुको तीव्र आलोचना खेप्नु परेको छ । लामो समयसम्म भ्रष्टाचारका काण्डै काण्डमा चर्लुम्म डुबेका आफ्ना विश्वासपात्रलाई बचाउने कुनियतले जनताको ध्यान अन्तै मोड्नका लागि राष्ट्रपतिले यो नयाँ चालबाजी रच्न लागेको भन्ने बिपक्षीहरुको भनाइ रहेको जनाइएको छ ।  सेनाद्वारा समर्थित एकतन्त्रीय तानाशाही व्यबस्थाको अन्त गरी दक्षिण कोरियामा सन् १९८७ मा राष्ट्रपतीय पद्धति लागु गरिएको थियो । हालसम्म बिद्यमान यस पद्धतिमा राष्ट्रपति पदमा एकपटक निर्वाचित भै सकेका व्यक्ति दोस्रोपटक उठ्न नपाइने प्रावधान छ । वर्तमान राष्ट्रपति पार्कको ५ वर्षे पदावधि सन् २०१८को शुरुतिरै सकिँदैछ । राष्ट्रपति पार्कले आफू अर्को पटक पनि राष्ट्रपति पदमा टिकिरहन संविधानमा परिमार्जन र वर्तमान ऐन, कानूनमा संसोधन गर्न खोजेको भन्ने अर्थ लगाउन नहुने बिचार व्यक्त गर्नु भएको छ । तर, राजनीतिक चिन्तक तथा विश्लेषकहरु राष्ट्रपतिको यो कुरा मान्न तयार छैनन्