होटल ब्यवसायमा बढ्दो आकर्षक ।

0
600

नेपालगन्ज, ८ कात्तिक ।  आर्थीक अवस्थालाई मजबुत बनाउनको लागी बिभिन्न क्षेत्रमा मानिसहरु पेसागत रुपमा ब्यवसायलाई अगाल्ने गरेका छन्। त्यस्तै बिभिन्न ब्यवसाय मध्यको चलन चल्तीको ब्यवसाय होटल ब्यवसायमा पनि राम्रो लगानी बढ्न थालेको छ ।  विगत चार वर्षको अवधिमा नेपालगन्जमा  होटल व्यवसायमा लगानी बढेको छ मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार रु. पाँच अर्बभन्दा बढी लगानी भएको हो । होटल अर्गनाइजेसन नेपाल, नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका होटल व्यवसायमा मात्र करिब रु. एक अर्ब लगानी थप भएको छ ।  शान्ति सुरक्षामा आएको सुधार र पर्यटकको आगमन बढेकाले यहाँ ठूला अनि सुविधा सम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ । यस क्षेत्रमा पर्यटनको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेको स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चाँसोसमेत हुनुपर्ने अर्गनाइजेसनको सुझाव छ ।