धुर्मुस–सुन्तलीले बनाएको घर काग तिहारमा हस्तान्तरण गर्ने ।

0
437

मेलम्ची, १०कार्तिक । सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई कागतिहारको दिन भूकम्पपीडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् ।
एकीकृत नमुना बस्ती विस्तारबाट देश विकास हुने भएकाले क्लिन सिटी र ग्रिन सिटीको अवधारणा सहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री सहितको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी निर्माण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित विपन्न वर्गको चयन गरेर ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरिएको हो ।

पैँसठ्ठी घरधुरीका एक एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयंसेवक गरी सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको हो ।