सिराहामा दुईजनाको मृत्यु ।

0
488

सिरहा, १० कार्तिक । सिरहा, कर्जन्हा–८ स्थित सडकमा गए राति ना१ज ५०१० नंको हाइलेक्स गाडीले स७प ५०५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् ।

घटनामा सिरहा, कल्याणपुर कालाबन्जर–५ निवासी १८ वर्षीय शेखरकुमार शर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीयवासी २१ वर्षीय मुकेशकुमार शर्माको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै मङ्गलबार साँझ सिरहा, कृष्णपुर–३ मा पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीयवासी कुमार दासकी पाँचवर्षीया छोरी सुमिताकुमारीको मृत्यु भएको छ सिराहा प्रहरीले जनाएको छ ।