कञ्चनपुरमा बाघ महोत्सव सुरु ।

0
583

कञ्चनपुर, १० कात्तिक । जंगली जनावर बाघको संरक्षण गर्ने उद्धेश्यले मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा पहिलो पटक बाघ महोत्सव–२०७३ सुरु भएको छ । महोत्सवमा ‘बाघको संरक्षण गराँ, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नारा राखिएको छ ।

बाघ संरक्षणका लागि सचेतना फैलाउन शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गर्नुभयो । महोत्सव आयोजनाले स्थानीयस्तरमा बाघ संरक्षणका साथै बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–सिकार नियन्त्रण लगायत विषयमा जनचेतना बिस्तार गर्ने उद्देश्य लिइएको छ ।
तीनदिने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिने छ ।