पुष्प प्रतियोगात्मक प्रदर्शनीको दशौं संस्करण आज बाट सुरु ।

0
553

 काठमाण्डौं,१० कात्तिक ।  गोदावरी फूल प्रतियोगात्मक प्रदर्शनीको दशौं संस्करण बुधबारदेखि ललितपुरमा सुरु भएको छ । जावलाखेलमा आजदेखि रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ १० औं गोदावरी फूल प्रतियोगितात्मक प्रर्दशनी शुरु भएको हो । कृषि मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोशिएसनको आयोजनामा भएको सो प्रतियोगितात्मक प्रदर्शनीको कृषि राज्यमन्त्री राधिका तामाङले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै फ्लोरीकल्चर एसोशिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले प्रर्दशनीले व्यवसायीहरुबीच प्रतिस्पर्धा गराई गुणस्तरीय बिरुवा उत्पादन तथा फूलको बजार प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे । प्रदर्शनीको ३० हजार भन्दा बढीले अवलोकन गर्ने र ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रतियोगितात्मक प्रर्दशनीमा ३६ वटा फुलका व्यवसायिक स्टल, ३ वटा सूचनामुलक र प्रतिस्पर्धात्मक ३ वटा गरी ४२ वटा स्टल छन् । प्रर्दशनी चार दिनसम्म चल्नेछ ।