अहिलेको समयलाई सुचना र सञ्चारले भरिएको यूग भन्दा फरक नपर्ला । हिजोको त्यो मौखिक र हाते सन्देश भनेको हामा्रे पूर्खा नै हुन् भनेर बुझ्नु पर्छ ,मात्र त्यसैको विकसित स्वरुप त हो आजको यो फेसबुक, म्यासेन्जर,भाइभर, इमो अनि अन्य प्रशस्तै सामाजीक सन्जालका रुपहरु ।
छुटिएको सम्बन्ध टाढिएको या भनौं टाढा रहेका आफन्त,इष्टमित्र,साथीसँंगी, मान्यजन अनि प्रियजनसँगको सम्बन्धलाई सामाजिक सञ्जालले अझ प्रगाढ बनाउँछ । टाढा रहेका आफन्तसँग नजिकिन पाउँदा आफ्नो सौभाग्यनै मान्छौँ हामी र मान्नु पनि पर्छ । पछिल्लो समय यादका सुसेली ,थकाइको चौतारी अनि एक्लोपनको दौँतरी बनेको समाजिक सञ्जाल मध्येको एक फेसबुक । तर अपसोच,जुन फेसबुकलाई आम मानिसले आफ्नो मन मन्दिरमा राख्न चाँहदा चाहँदै पनि जो कोहि १,२ को गल्तिको कारण आफ्नो प्रियजनहरुसँगको दुरी बढाउनु परेको गुनासो सायद धेरैको होला ।
message (सन्देश) अर्थ हो, नयाँ कुरा जो छ त्यो आफ्नो आफन्तसँग यानेकी आफन्तले थाहा पाउँन् भनेर आदन प्रदान गर्ने एउटा सूचना हो । चाहे त्यो सूखको होस् या दु:खको । सुख भए बढ्छ र दु:ख भए बाँडिन्छ भन्ने हेतुको साथ एकले अर्कासँग गरिन्छ । तर हिजोआज लाग्दैन कि यसले सही परिभाषा बोकेको छ । हिजोआज त यो अति लोकप्रिय फेसबुक को पनि परिभाषा परिवर्तन भए जस्तो लाग्छ ।
नक्कली आइडी बनाउने र अस्लिल फोटो र शब्दहरु प्रयोग गरि आफ्नै इज्जतको अपमान गर्दै हिँड्ने काम नै बढि देख्छु । औचित्यहिन शब्द र फोटाहरु जोसुकैलाई पाच्य हुदैन । यति सम्म कि त्यहि काम उ आफैंसँग कसैले गर्छ भने पनि त्यो सहिनसक्नु हुन्छ भने उसले गरेको कामलाई किन माहनता सम्झन्छ मान्छे ?
अन्तत आस्था विश्वास बोकेको कुल्चिएको मानवहरुको अस्तित्व जोगाउँन लाग्नु पर्ने यूवाहरु आज आएर आफ्नै नेपाल आमाको अस्तित्व बेचेर खानामा तुल्य भएको देख्दा कता कता मलाई लाग्छ आउँदा दिनमा समाजको अस्तित्व मेटिन्छ भन्दा फरक नपर्ला । एकता र समानता ल्याउने समाजिक सञ्जालहरुको गलत प्रयोग गरी अनावश्यक र नचाहिने प्रवृत्ति भित्रिएको हुँदा सामाजिक सञ्जाल प्रतिको विश्वास घट्दै नजाला भन्न सकिँदैन ।
जस्ले गल्ती गर्यो त्यसलाई त लाग्दैन होला आफूले गरेको काम गल्ति हो भनेर तर घोच्नेलाई घोचिरेहेको हुनेछ, पिडाले पिस्सिरहेको हुन्छन् । कोहि कतै आफ्नै विबशता र बाध्यताको कसौटी हुन्छन् । हुन त खै कसरी त्यस्ता अपशब्दहरु लेख्ने अनि अस्लिल फोटोहहरु पोस्ट गर्ने हिम्मत हुन्छ मान्छेमा, सायद नेपाली आमाको आँशुको मूल्य थाहा नभएर होला अनि पूर्खाको पसिनाको मूल्य नजानेर पनि । अन्त्यमा यहि भन्न चाहन्छु ए मूर्खहरु अलिकति त मानवता हुनुपर्छ मान्छे भएपछि । तिमि एउटै तराजुमा शान्ति, समानता र विष , असमानताको प्याला कहिल्यै तौलेको छौ छैनौं भने तौलि हेर असत्य माथि जहिले पनि सत्यको विजय पाउँने छौ । त्यसैले मानव हुनुको अस्तित्वलाई बिनाश गर्न नखोज !
आकाशको किरणलाई हत्केलामा लिएर धर्ती चकमन्न बनाउने यूवा वर्गहरु किन हिंसा, असमानता र अशान्तिको दिशा तर्फ अग्रसर हुन्छौ ? जतिपनि गल्ति कमि कमजोरी भएपनि त्यसलाई स्वीकार गरी आउँदा दिनमा त्यस्ता गलत कामहरु नहोस् र सामाजिक सञ्जालमा पनि निखारता आओस् यहि अपेक्षा गर्दछु । सामाजीक सञ्जालको दुरुपयोग होईन,उचित प्रयोग गरौँ !
उर्मिला के.सी
दोलखा,जिरी