महाअभियोगको फैसला संसदले होईन कांग्रेसले गर्छ : डा महत ।

0
703

बुटवल, १२ कार्तिक । नेपाली काँग्रेसका प्भावशाली नेता डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको फैसला कांग्रेसले गर्ने बताउनु भएको छ ।

उहाँले नेपाली काँगे्रसले जे निर्णय गर्छ त्यहीँ अन्तीम हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे कांग्रेस नै निर्णायक बन्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर कसैको पुर्वाग्रहको आधारमा फसाउन पनि नहुने भन्दै भ्रष्टाचारीलाई मुक्ति दिनका लागि नेतृत्व तहबाट षड्यन्त्र गर्न नहुने उहांको धारण थियो ।

देशको बिद्ययमान समस्या समाधान गर्न माओबादिसंग सहकार्य गरेको तर प्रधानमन्त्रीले एकलौटि ढंगबाट सरकार चलाएको महतको आरोप थियो ।

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको त्यस तर्फ केन्द्रित हुन डा महतले प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।