आजबाट यम पञ्चक सुरु,घरघरमा काग पुजा गरियो ।

0
689

काठमाडौँ, १२ कात्तिक । आज यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईएको छ । कागलाई समाचार बाहकको पंक्षीको रुपमा पुजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यम दीपदान गरिन्छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरस समेत भनिने आजका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलन छ ।