छठ पछि मधेश आन्दोलन : महतो ।

0
698

सप्तरी , १२ कार्तिक। सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले अविलम्ब संविधान संशोधन नभए छठ पछि आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

सप्तरीको राजबिराजमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन फिर्तालिईने महातोको भनाई थियो ।

संबिधान संशोधनमा सत्तामा भएकाहरुले चासो नदिनु बिडम्बनापुर्ण भएको महतोको भनाई थियो ।