बिदेशी राष्ट्रपति आउँदा सार्बजानिक बिदाको घोषणा गर्नु चाकरीको पराकाष्टा :गौतम

0
556

काठमाण्डौ ,१२ कात्तिक ।  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले  भारत र चीनका राष्ट्रपति नेपाल भम्रणमा आउँदा सार्वजनिक विदा दिने घोषणा चाकरीको परकाष्टा भएको टिप्पणी गरेका छन् । उनले भने, ‘शाहीकालमा बिदेशी राष्ट्रप्रमुख आउँदा विदा दिने परिपार्टी थियो अहिलेको अवस्थामा विदाको सान्दर्भिकता छैन ।’ त्यस्तै अर्को प्रशंगमा गौतमले छैठ लगत्तै संविधानको कार्यन्वयनमा जानुपर्ने बेला संशोधनमा गएर कार्यान्वयनमा ढिला हुने देखिएपछि  संविधान संशोधन हुन नसक्ने  बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उपाध्यक्ष गौतमले संविधान जारी हुने समयमापनि मधेसी दलले अवरोध गरेको स्मरण गर्दै ‘यदी मधेसीहरुमा हिम्मत भए संविधान संशोधान गरेर देखाउन चुनौती दिएका छन् ।’उनले नेपाली कांग्रेस र माओवादी केन्द्रंले संविधान संशोधन गर्ने भनेपनि यसबारेमा एमालेसँग कुनै परामर्श नगरेको भन्दै एमाले संविधान संशोधनको पक्षमा नरहेको नेता गौतमले बताए । उनले अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले संविधानले दिएको क्षेत्र अधिकार तोडेकाले उनलाई महाअभियोगमार्फत पदच्युद गर्न लागिएको वताए । गौतमले भने, ‘लोकमान संवैधानिक अंगको प्रमुख भन्दा पनि समान्तर सरकार चलाउन उद्दत भए ।’