नेत्र छ उज्जवल,सोचाई सहकारी
हो हुन् नारी हुंदैन कोही पारी
नियाल्दछिन दैनिक सुन्दर फुलबारी ।
बोली छ मखमल, सजाई छहारी
हो हुन् नारी हुंदैन कोही भारी
गोड्दछिन महिनौ सुन्दर फुलबारी
हस्त छ स्वच्छ कमाई ब्यापारी
हो हुन् नारी हुनेछिन सबैको प्यारी
रोप्छीन बर्षै सुन्दर फुलबारी ।
पाईला छ लक्षिन भई बुहारी
हो हुन् नारी हुनेछिन, सबैको दिलदारी
बाँच्दछिन शताब्दिऔ, सुन्दर फुलबारी ।
सन्ध्या क्षेत्री बुटवल