ब्यापारी नै भन्छन् : भुलेर पनि सामसुङ मोबाईल नकिन्नुहोस् !

0
1161

कार्तिक १३ काठमाडौ । बिश्व मोबाईल बजारमा राम्रो कब्जा जमाएको ब्राण्ड हो सामसुङ । जुन कम्पनीले बिभिन्न मोडलका आकर्षक फोन बजारमा ल्याएको छ,जस्लाई ग्राहकले रुचाएका पनि छन् । तर पछिल्लो समय उक्त कम्पनीले बजारमा पठाएको तर नेपालमा आइनसकेको नोट सेभेनलाई लिएर बिश्व बजारमा आलोचना भैरहेको समयमा नेपाली बजारमा पनि नराम्रो असर देखिएको छ । चाड पर्वमा धेरै फोन प्रयोग कर्ताले नयां फोन प्रयोग गर्ने भएकाले बजारमा फोनको माग ह्वातै बढेको छ । अन्य समयको तुलनामा यस पटक ७० प्रतिशत बढि ब्यापार भएको ताम्राकार मोवाईल ब्यापार संघले जनाएको छ ।
चाड पर्बमा फोनको ब्यापार बढे पनि यस पटक सामसङको ब्यापार भने चौपट भएको छ । कारण नोट सेभेनमा समस्या आएकाले नभई ब्यापारीहरुलाई आउने कमिसन कम भएकाले ब्यापारीले सामसङ भन्दा अन्य कम्पनीको फोन राम्रो भएको बताउंदै ग्राहकलाई सामसुङको फेन प्रयोग नगर्न भन्ने गरेका छन् । अन्य कम्पनीको तुलनामा सामसङको फोनमा कम कमीसन आउने भएकाले ब्यापारहिरुले सामसङमा समस्या आउन सक्छ किन समसङ किन्नु हुन्छ भन्दै हुवावे,जिओनी,युएमआइ लगायतका फोन राम्रो छ भन्दै कन्भीन्स गर्ने गरेका छन् ।

शनिबार सामसङको जे फाईव प्राईम फोन किन्न ताम्राकार हाउस पुगेका धादिङका पुरुषोत्तम दाहाललाई पसल नं.४१ का सञ्चालक गुरु शर्माले सामसङमा ब्याट्रि तात्ने,ब्याट्रि नटिक्ने र पट्कने  समस्या आइरहेकाले तपाईले अरु फोन किन्दा राम्रो हुन्छ भन्ने सल्लाह दिए शर्माको सल्लाह पछि दाहाल सामसङको जे फाईव प्राईम किनौकी नकिनौ भन्ने अबस्थामा पुगे र उनले अर्कौ कम्पनीको फोन किने । यसरी ग्राहकलाई अरु कसैले नभएर स्वं ब्यापारीले नै भड्काउने गरेका छन् । पसल नं.४१ का सञ्चालक गुरु शर्मा ताम्राकार मोवाईल ब्यापार संघका सचिव पनि हुन ।

ब्यापार संघका सचिवले नै यसरी सामसङ फोन नकिन्न ग्राहकलाई आग्रह गरिरहेका छन् भने सामसङ फोनको बिरुद्धमा न्यूरोडका ब्यापरीहरु नै संगठित रुपमा लागेको पुष्टि हुन्छ । तर सामसङका लागि आधिकारीक बिक्रेता इन्टरनेशनल मार्केटिङ सभिर्सका सञ्चालक दिपक मल्होत्रालाई भने मोबाईलको ब्यापार कम हुनुमा नोट सेभेनमा आएको समस्या नै प्रमुख कारण भएको भ्रम रहेको छ । मल्होत्रा परिवारलाई ब्यापरीहरुले यति सम्म षड्यन्त्र गरेको बिषयमा अत्तोपत्तो समेत छैन् ।