नेपालको स्वागतले मोहित मुखर्जी स्वदेश फर्किए ।

0
328

काठमाडौँ, १९ कार्तिक । तीन दिने राजकीय नेपाल भ्रमणका रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार सांझ स्वदेश प्रस्थान गरेका छन् ।

रक्षा राज्यमन्त्री सुवास घाम्रीसहित ६० जना सम्मिलित भ्रमण दलको नेतृत्व गरेर गत बुधबार नेपाल आएको राष्ट्रपति मुखर्जीलाई विदाई गर्न राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन विमानस्थल पुगेका थिए ।

भ्रमण प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा पललगायत सहभागी थिए ।

त्यस्तै उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित थिए ।

तीन दिने भ्रमणका क्रमममा राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए । उनले नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन, जनकपुरको जानकी मन्दिरको दर्शन तथा पोखराको समेत भ्रमण गरेका थिए ।