तरुण दलको बिधी सम्मत महाधिबेशन गर्न माग ।

0
491

काठमाडौँ २० कात्तिक । नेपाल तरुण दलको असन्तुष्ट पक्षले यही कात्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशन विधानसम्मत गर्न माग गरेको छ ।

असन्तुष्ट पक्षले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तरुण नेता रमेश खरेलले ७५ वटै जिल्लाको अधिवेशन विधिसम्मत् ढङ्गले सम्पन्न गरेर मात्रै महाधिवेशनमा जानुपर्ने बताउनुभयो ।
विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेको भनी आपत्ति जनाउनुभयो ।

दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दल अहिले पनि जनताको आस्थाको केन्द्र भएको जनाउँदै एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले सङ्गठनलाई दीर्घकालीन असर पर्ने बताउनुभयो ।