बाढि पिडीतलाई अमेरीकाबाट सहयोग ।

0
320

म्याग्दी, २१ कार्तिक । म्याग्दीको बेग र देवीस्थानका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्युयोर्क अमेरिकाले आर्थिक सहयोग गरेको छ ।

म्याग्दीका बाढीपहिरो पीडितलाई लक्षित गरी सङ्कलन गरिएको दुई लाख १५ हजार सात सय पाँच रुपैयाँमध्ये बेगखोलालाई एक लाख ८५ हजार सात सय पाँच र देवीस्थान गाविसको घरथोकका दुई परिवारलाई प्रतिपरिवार १५ हजारको दरले ३० हजार उपलब्ध गराइएको थियो ।

समाजका अध्यक्ष भवीन्द्र पुर्जा मगर र सचिव याम पुनले बेगखोला बाढी व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जाली र देवीस्थानका तर्फबाट मङ्गलाघाटका समाजसेवी सूर्यलाल पुर्जालाई रकम हतान्तरण गर्नुभयो ।

प्रवासीको सात लाखको लगानीमा सडक मर्मत
यसैगरी कुहूँ–८ थाइवाङको विकासमा प्रवासमा रहेका थाइवाङबासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मतसम्भार तथा स्तरोन्नति गरेका छन् ।