कार्तिक २१ ओखलढुङगा । ओखलढुंगाको रामपुर खेल मैदानमा तेस्रो शहिदस्मारक फुटवल प्रतियोगिता सुरु भएको छ । नेपाली कांग्रेस ओखलढुंगाका महाधिवेशन प्रतिनिधि एवं ट्रेकिङ एजेन्सी एशोसीयसन अफ नेपाल (टान) का कोषाध्यक्ष लिलाबल्लभ दाहाल (काका) को सक्रीयतामा ओखलढुङमा फुटवल प्रतियोगिता सुरु भएको छ ।
खेलमा १४ टीमले भाग लिएका छन् ।
दाहालको ब्यक्तिगत लगानीमा भैरहेको फुटवल प्रतियोगिता थप रोचक र प्रतिष्पर्धि बनेको आयोजकले जनाएको छ ।
टान र फ्रेण्डसिप युवाक्लवको संयुक्त आयोजनामा गरिएको फुटवल प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गर्नु भएको थियो । दाहालको संयोजकत्वमा भएको फुटवल प्रतियोगिताको उद्घाटनका लागि अतितिहरुलाई हेलिकोप्टरमा ल्याइएको थियो भने समापनमा कांग्रेस नेता तथा पर्यटन मन्त्री जिवन बहादुर शाहीलाई निम्ता गरिएको फ्रेन्सीप युवाक्लवका अध्यक्ष सुरेन्द्र राइले जानकारी दिनुभयो । टान तेस्रो फुटवल प्रतिोगिता अहिलेसम्मकै जिल्लाको दोस्रो ठूलो पुरस्कार राशी घोषण गरीएको प्रतियोगिता हो । यसमा प्रथम द्धितिय र तृतियलाई क्रमश मेडल, प्रमाणपत्रका साथ क्रमश ५० हजार ३० हजार र २० हजार पुरस्कार राशि राखिएको खेलसंयोजक एवं टानका कोषाध्यक्ष लिलाबल्लभ दाहालले सञ्चारखवरलाई जानकारी दिनु भयो । कार्तिक २६ गते सम्म सञ्चालन हुँने फुटवल प्रतियोगितामा टानका कोषध्यक्ष लिलाबल्लभ दाहाल काकाको प्रत्यक्ष उपस्थिती रहने छ ।