नेपालको संबिधान गतिशील : देउवा ।

0
774
The Jawaharlal Nehru University Vice-Chancellor Jagadesh Kumar confers the Honorary Doctorate on Nepali Congress President Sher Bahadur Deuba, in New Delhi of India, on Sunday, November 6, 2016. Photo: NC Central Office

काठमाडौँ, २२ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान गतिशील भएको बताउनुभएको छ ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले सभापति देउवालाई मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मान गर्न नयाँ दिल्लीमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले महिला, मधेसी, आदिवासी÷जनजाति, दलित, पिछडिएको क्षेत्रलगायत अल्पसङ्ख्यकलाई विशेष अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो ।

जनताद्वारा निर्वाचित संविधानसभाको दुई तिहाइभन्दा बढी बहुमतले पारित गरी घोषणा गरेको संविधानले खाद्य, बसोबास, सामाजिक सुरक्षा, शिक्षालगायत विषयका ३१ मौलिक अधिकारको व्यवस्था गरेको उहांको भनाई थियो । देउवाले असन्तुष्ट पक्षलाई छिट्टै सहमतीमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

सभापति देउवाले भारतको लोकतन्त्रका विविध पक्षको प्रशंसा गर्दै भारतको स्वतन्त्रता सङ्ग्राममा महामानव बिपी कोइरालालगायत नेपाली नेता सक्रियरुपमा लागेको स्मरण गराउनुभयो । उहाँले नेपालको लोकतन्त्र आन्दोलनमा भारतका नेताको पनि सहयोग रहेको बताउनुभयो ।