लोकतन्त्र बचाउन महाअभियोग पास गर्नै पर्छ : प्रधानमन्त्री दाहाल ।

0
491

काठमाडौँ, २२ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बिहान मानव अधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने र लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्नुपर्ने माग गरेको छ ।
भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ ।