देशलाई भ्रस्टचार मुक्त बनाउने रास्ट्रपति आवानको आस्वाशन ।

0
525

लेबनान, २२ कात्तिक ।  लेबनानका नवनियुक्त राष्ट्रपति मिसेल आवनले मुलुकको अवूस्थालाई सुधारोन्मुख तथा भ्रस्टचार मुक्त बनाउनका लागी आस्वासन दिएका छन् । राष्ट्रको बिकास र समिृद्धिका लागि सशक्त सरकारको निर्माण भई यसले निडरताका साथ देश विकासका योजना अगाडि ल्याउनुपर्ने र यसका लागि आफू मन, बचन र कर्मले लागिपर्ने प्रतिबद्धता राष्ट्रपतिले जनाएका छन् । लेबनानको राजनीतिमा दशकौँदेखि नेतृत्वमा रहेका ८३ वर्षीय आवनलाई गत सोमबार यहाँको संसदले निर्वाचित गरेको थियो ।  करिब २९ महिनादेखि राष्ट्र प्रमुखविहीन रहेपछि निर्वाचित बनेका राष्ट्रपतिले आफूले निर्वाचित बनेपछि राष्ट्रले नयाँपन महसुस गरिसकेकोसमेत दाबी गरेका छन् ।