सुदृढ आर्थिक एकीकरणका लागि मन्त्रि महतको जोड ।

0
320

काठमाडौँ, २२ कात्तिक ।  परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र सेनीको चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्नुभएको छ । सम्मेलनमा महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताउनुभयो । दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो।