डेङ्गुको सङ्क्रमण घट्दै ।

0
543

 चितवन, २२ कात्तिक ।  चितवनमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको  छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो ।   अहिले डेङ्गु फैलने मौसम पनि सकिन लागेको र लामो समयदेखि वर्षा रोकिएकाले भाँडामा पानी जम्ने क्रमसमेत रोकिँदा डेङ्गु घट्न थालेको हो । जाडो मौसममा डेङ्गु सङ्क्रमण न्यून हुन्छ । एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ । लामखुट्टेको टोकाइबाट बच्न सके रोग लाग्नबाट जोगिन सकिने छ । यो वर्ष नेपालमा १३ जिल्लामा डेङ्गु देखिएको छ । यसको खास उपचार पत्ता नलागेकाले लक्षणका आधारमा औषधि दिने गरिएको छ ।