बार्सीलोनालाई मिल्यो मेस्सीको प्रेरणा ।

0
367

 काठमाडौं ,२२ कात्तिक ।  लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लामाथि जित हात पारेको छ . आइतबार राति भएको खेलमा एक गोलले पछि पारेको बार्सिलोनाले कमब्याक गर्दै सेभिल्लालाई २–१ ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले १५ औं मिनेटमा भिटोलोको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिमतिर लिओनल मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । यो जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ । बार्सिलोना ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ भने रियल मड्रिडको २७ अंक छ ।