कार्कीसहित सहित चारजनालाई सर्वोच्चको ठाडो आदेश।

0
350

काठमाडौँ, २३ कात्तिक । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई हप्तादिन भित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले आज उक्त आदेश दिएको हो । सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्नू पर्ने आदेशमा उल्लेख छ । म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित उहाँका ज्वाइँ प्रवल थापा, पूर्व सचिव प्रमोद कार्की र असई नकुल गौतमलाई एकहप्ताभित्र लिखित जवाफ दिन आदेश दिइएको छ ।