काठमाण्डौ २४, कात्तिक । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने सम्भावना देखिन थालेपछि एसियाका बजारहरुमा प्रभाव देखिएका छन्। भारतको स्टक बजार खुले लगत्तै ३.७ प्रतिशत खस्किएको छ। अष्ट्रेलिया, जापान, हंगकंग, शांघाइ तथा दक्षिण कोरियाका अन्य महत्वपूर्ण बजारमा पनि गिरावट आएका छन्।अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्धय हिलारी रोधाम क्लिन्टन र डोनाल्ड जोन ट्रम्पको प्रतिस्पर्धात्मक मतगणनामा कुन कुन स्थानमा कस्को अग्रता रहेको बारे बिभिन्न राज्यबाट धमाधम यसको प्रारम्भिक नतिजा आइरहेका छन् ।
महत्वपूर्ण राज्यहरुको मतगणना अवस्था
– अहिलेसम्म क्लिन्टनभन्दा ट्रम्पले धेरै ‘स्वींग स्टेट’ भनिने चलायमान राज्यहरुमा जित्ने प्रक्षेपण छ।
– ट्रम्पले फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइना हात पारेको प्रक्षेपण गरिएको छ। उनले अब २६ वटा थप इलेक्टोरल कलेज सीट जित्न बाँकी देखाइएको छ।
– क्लिन्टनले भर्जिनिया जित्ने प्रक्षेपण छ।
– पेन्सिल्भानिया र मिशिगन राज्यमा अझै कडा टक्कर देखिएकाले कुनै प्रक्षेपण गरिएको छैन।
जोर्जिया पनि ट्रम्पको पक्षमा
१६ इलेक्टोरल सीट रहेको जोर्जिया राज्यमा ट्रम्पले जित्ने प्रक्षेपण एबीसीले गरेको छ।
फ्लोरिडामा ट्रम्प विजयी हुने – एबीसी प्रक्षेपण
२९ इलेक्टोरल सीट रहेको महत्वपूर्ण ब्याटलग्राउन्ड राज्य फ्लोरिडामा डोनल्ड ट्रम्प विजयी हुने अमेरिकी टेलिभिजन च्यानल एबीसीले प्रक्षेपण गरेको छ। यस राज्यमा ठूलो संख्यामा रहेका हिस्पानीक समुदायका कारण हिलरी क्लिन्टनले जित्ने ठानिएको थियो। क्यालिफोर्निया र हवाई क्लिन्टनलाई, आइडाहो ट्रम्पलाई
क्यालिफोर्नियाले सन् १९९२ यता संधै डेमोक्र्याटिक उम्मेदवारलाई समर्थन गर्दै आएको छ। यस राज्यमा ५५ इलेक्टोरल सीट छ। लुजियाना राज्यले लगातार चार पछिल्लो निर्वाचनमा रिपब्लिकन उम्मेदवारको समर्थन गरेको छ।
बिबिसी नेपालीबाट