१०२ औँ जन्म जयन्तीका अवसरमा सिंहको सालिकमा माल्यार्पण

0
620

 काठमाडौँ, २४ कात्तिक ।  गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा आज २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर  सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा  शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।  सो अवसरमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्व. सिंहको त्याग र निष्ठाका कारण मुलुकको संविधान निर्माण हुन सकेको र अब त्यसको कार्यान्वयनका लागि दलहरु एक हुनुपर्ने बताएका छन् । कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशी, सांसद राजेन्द्रकुमार केसी, ध्यान गोविन्द रञ्जित, चन्द्र महर्जन, दीपक कुँइकेल, काँग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियालगायतको उपस्थिति रहेको थियो ।