अमेरीकाको ४५औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी ।

0
634

कार्तिक २४ काठमाण्डौ । अमेरीकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्धार हिलारी क्न्टिनलाई पछाडी पार्दै रिपब्लीकन पार्टिका उम्मेद्धार डोनाल्ड ट्रम्प बिजयी भएका छन् । ट्रम्पले अमेरीकाको ५० राज्य मधये अधिकांश राज्यमा बिजय हासील गर्दै कुल इलेक्टोरल मतको २७० मत प्राप्त गरी सर्बशक्तिमान राष्ट्र अमेरकिाको ४५औं राष्ट्रपति बन्दै ह्वाईट हाउस प्रबेश गरेका छन् ।
ट्रम्पको बिजयले बिश्व बजारलाई तरङगीत गराएको छ । उनले चुनावी प्रचारका क्रममा उठाएका जटिल र बिबादित मुद्धा कसरी कार्यन्वयन गर्लान्न् भन्ने धेरैको जिज्ञासा छ । उनले यति सम्मकी आफु निर्वाचित भए हिलारी क्न्टिनलाई देश निकाला गर्ने सम्मका अभिब्यक्ति दिएका थिए । ट्रम्प राजनीतिक भन्दा धेरै ब्यबसायीक पृष्ठ भूमिबाट आएकाले उनको कार्यकालमा धेरै परिवर्तन आउने धेरैले आश गरेका छन् । ट्रम्पको बिजयले अर्को शक्तिशाली देश रुस् संगको सम्बन्ध सुधार हुनुका साथै चिन संगको सम्बन्धमा पनि परिवर्तन आउने अपेक्षा गरिएको छ । उनले आप्रवासी समस्या समाधान गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताएका छन् । यदि उनको यो योजना कार्यन्वयन भएमा लाखौं आप्रवासीहरुको उठिबास लाग्ने देखिएको छ ।
उता ट्रम्पको बिजय संगै राष्ट्रपति बाराक ओबामाले जस्को बिजय भए पनि अमेरीकाकै बिजय भएको भन्दै अमेरीकलाई अझ बलियो बनाउने गरि कार्य गर्नु पर्ने प्रतिक्रिया दिएका छन् । ओबामाले भनेका छन् डेमोक्र्याटिक र रिपब्लिक भन्दा पनि सिंगो अमेरीकाले नयां नेतृत्व पाएकोमा खुसि हुनु पर्छ ।
हिलारीले पनि ट्रम्पलाई बधाई दिंदै कार्यकालल सफल होस् भन्ने कामना गरेकी छिन् ।
उता ट्रम्पको बिजयले अमेरीकी डलरको मुल्य ओरालो लागेको छ । लामो समय स्थिर बसेको डलरको मुल्य घट्दा बिश्व अर्थबजारमा अमेरीकाले धेरै गुमाउने छ भने शेयर बजार पनि अनपेक्षित रुपमा ओरालो लागेको छ । यस्ले ट्रम्पको बिजय बाट बिश्वलाई एक पटक सोच्न बाध्य पारेको अनुमान लगाउन सकिन्छ ।