सगरमाथा भ्रमणमा पर्यटकको घुईँचो ।

0
429

 सोलुखुम्बु, २४ कात्तिक ।  सगरमाथा क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अक्टोबरमा पर्यटकको सङ्ख्यामा गत वर्षको तुलनामा तीन हजार ८९० जनाले वृद्धि भएको छ । सन् २०१५ को अक्टोबर महिनामा दुई हजार २५२ पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका थिए । यस वर्षको अक्टोबरमा छ हजार ४४२ पर्यटकले सगरमाथाको प्रवेशद्वार नाम्चेहुँदै खुम्बु क्षेत्र प्रवेश गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।
गत वर्ष पर्यटक आगमनमा कमी आउँदा व्यवसायीलाई भाडा तिर्न समस्या भएको दिङबोचेका व्यवसायी पृथु राई बताउनुहुन्छ । “गत वर्ष ऋण काढेर घरभाडा तिरियो, यस वर्ष आम्दानी राम्रै भएको छ,” उहाँले भन्नुभयो । लुक्ला विमानस्थल सानो भएकाले यसको विस्तार गर्न सकेमा तथा सुर्केसम्म सडक यातायात विस्तार गर्न सकेमा पर्यटक आगमनमा वृद्धि हुने व्यवसायीको भनाइ छ ।