डोनल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो।
उनी न्यूयोर्कमै हुर्किएका थिए।
बुवाबाट, उनकै शब्दमा,सानो अर्थात १० लाख डलरको ऋण लिएर उनले घर जग्गाको व्यापार थालेका थिए।
पछि उनले बुवाकै घर जग्गा कम्पनीमा काम गरेर आफ्नो परिवारको व्यापार र धन(सम्पत्तिलाई ब्रुकलीन र क्वीन्सबाट म्यानहटनमा सारेका थिए।
धनी
चमक(धमकपूर्ण म्यानहाटनकै फिफ्थ् एभेन्युमा ट्रम्प टावर रहेको छ। अहिले भने मुम्बई, इस्तानबुल र फिलिपन्समा समेत ट्रम्प टावरहरु छन्।
उनले होटेल र क्यासिनोहरुमा गरेको लगानी एकताका डुब्ने अवस्थामा समेत पुगेको थियो।
उनले सौन्दर्य प्रतियोगिताहरुमा पनि लगानी गरेका छन् र थुप्रै किताब लेखेका छन् ।
फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३।७ अर्ब डलर बराबरको धन(सम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धन(सम्पत्ति भएको दावी गर्दै आएका छन्।
टेलिभिजन
‘दी एप्रेन्टीस’ नाम गरेको कार्यक्रम चलाएर ट्रम्प अमेरिकी टेलिभिजनका एक परिचित अनुहार बनेका थिए।
अहिले सत्तरी वर्ष पुगेका ट्रम्पको तीन पटक विवाह भइसकेको छ।
तीन श्रीमतीबाट उनकापाँच जना छोराछोरी छन् र पहिलो श्रीमतीका सन्तानहरुले उनको कम्पनी चलाउन मद्दत गर्दछन्।
उनकी वर्तमान श्रीमती एक मोडल, मेलनीया नस, हुन्।
राष्ट्रपति बन्ने इच्छा
ट्रम्पले सन् १९८७ मा नै राष्ट्रपतिको चुनावमा भाग लिने इच्छा देखाएका थिए र सन् २००० मा उनले रिफर्म पार्टीबाट उम्मेदवारी दिएका थिए।
सन् २०१५ मा उनले औपचारिक रुपमा ह्वाईट हाउसका लागि लड्ने घोषणा गरे। घोषणा गर्दा उनले अमेरिकालाई फेरि महान बनाउने बताएका थिए।
राष्ट्रपतिको चुनावमा होमिएपछि ट्रम्पले निकै उत्तेजनात्मक प्रकृतिको प्रचारप्रसार शैली अपनाएका थिए।
उनको चुनावी अभियान निकै विवादास्पद रह्यो।
उनले अमरिकी अर्थतन्त्रलाई बलियो बनाउनुका साथै मेक्सिकोसंगको सिमानामा पर्खाल बनाउने र मुसलमान आप्रवासीहरुलाई निषेध गर्ने पनि वाचा गरेका थिए।
विवाद
सन् २००५ मा उनले महिलाका बारेमा नकारात्मक टिप्पणीहरु गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनको अभियान झनै विवादास्पद बन्यो। उनकै पार्टीका केहीले उनी राष्ट्रपतिको पदका लागि योग्य नभएको समेत टिप्पणी गरे।
त्यसपछि थोरै राजनीतिक विज्ञले मात्रै उनले जित्ने अपेक्षा गरेका थिए। ट्रम्प कुनै निर्वाचित पदमा वा सेनामा काम नगरेका प्रथम अमेरिकी राष्ट्रपति हुनेछन्।बिबिसी