सिन्धुलीगढी हाफ म्याराथुन सम्पन्न ।

0
711

 

सिन्धुली, २५ कार्तिक । ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गर्न बुधबार आयोजना गरिएको पहिलो सिन्धुलीगढी हाफ म्याराथुन प्रतियोगिताको उपाधि नेपाली सेनाको सिन्धुली स्थित चण्डीदल गणले जितेको छ ।

प्रतियोगितामा चण्डीदल गण सिन्धुलीका कर्णबहादुर बस्नेत, पहिलो, केशव आचार्य दोस्रो र विश्वास बानियाँ तेस्रो भएका छन् । कर्णबहादुर बस्नेतले एक घन्टा १७ मिनेट २५ सेकेन्ड, केशव आचार्यले एक घन्टा १९ मिनेट र विश्वास बानियाँले एक घन्टा २२ मिनेट लगाएर पार गरेका थिए ।

प्रतियोगितामा पहिलो हुनेलाई प्रमाणपत्रसहित रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजारसहित प्रमाणपत्र र तेस्रो हुनेलाई प्रमाणपत्रसहित रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगितामा सिन्धुली, रामेछाप, नुवाकोट र भक्तपुरकी एक महिलासहित २५ जनाको सहभागिता रहेको थियो ।

यस प्रतियोगिताले सिन्धुलीको जुनारको प्रचारप्रसारमा टेवा पुग्ने आयोजककको अपेक्षा रहेको छ । साथै, सिन्धुलीगढी र सिन्धुलीको जुनारको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने कमलामाई नगरपालिका सिन्धुलीका कार्यकारी अधिकृत जगत भुषालले जानकारी दिनुभयो ।