संसद बैठक आज बस्दै,कार्की माथिको महाअभियोग प्रस्तावमा छलफल हुने ।

0
536

कार्तिक २६ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल आजबाट पुन सुरु हुने भएको छ ।

आज ११ बजे बस्ने संसद बैठकमा कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल हुने कार्यसूचीबनेको छ ।

उक्त छलफल सकिएपछि सांसदले कार्किविरुद्धका आरोपबारे अनुसन्धान तहकिकातको जिम्मेवारी महाअभियोग सिफारिस समितिलाई दिनेछ । समितिले काम सुरु गरेको सात दिनभित्र आरोपिलाई सफाइको मौकासमेत दिई एक महिनाभित्र संदनमा प्रतिवेदन पेस गर्नुपर्छ ।

आन्तरिक कार्यविधि तयारीकै क्रममा रहेको समितिको बैठक पनि आजैका लागि बोलाईएको छ । बिहान साढे ८ बजे बस्ने बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिने माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जानकारी दिनु भयो ।
सत्ताको नेतृत्व गरीरहेको दल माओबादी केन्द्र र प्रतिपक्ष्ँीदल एमाले महाअभियोग प्रस्तावको पक्षमा खुलेर लागेको भए पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आधिकारकि धारण सार्वजनिक नगरेकाले संसदमा पेश भएको महाअभियोग प्रस्ताव के हुने भनन्े अन्यौल कायमै रहेको बेला आज बस्ने बैठकमा बोल्ने कांग्रेसका सांसदहरको भनाई महत्वपुर्ण हुने छ ।