काठमाडौँ, २६ कात्तिक । व्यवस्थापिका– संसद् मातहतका महाभियोग सिफारिस समितिको बैठक आगामी मङसिर २ गते बस्ने गरी स्थागन भएको छ । समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । उक्त छलफलपछि समितिको अर्को बैठक
आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एक÷दुईवटा विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिनुभयो । बैठकमा महाभियोगको प्रस्ताव दर्ता गरेको व्यक्तिउपर सार्वजनिक सूचना प्रकाशित गरी जानकारी लिनुपर्छ भन्ने भनाई केही सदस्यबाट प्रस्तुत भएको थियो । सार्वजनिक सूचना प्रकाशित गरेर उजुरी लिन नमिल्ने जनाउँदै संयोजक बिडारीले प्रस्तावमा जेजे कारण र आधार देखाइएको छ, त्यही विषयमा मात्र सफाइको मौका प्रदान दिने, अनुसन्धान र तहकिकात गर्ने गरी आन्तरिक कार्यविधि अघि बढाइने बताउनु भयो । महाभियोग लगाउनुपर्नेका कारणबारे प्रस्तावमा उल्लेख भएका विषयवस्तु अध्ययन गर्न नभ्याइएको जनाउँदै नेपाल तरुण दलको अधिवेशन सुरु भइसकेकोले केही दिनपछि मात्र बैठक राख्न नेपाली काँग्रेसका तर्फबाट अनुरोध गरिएको थियो ।