भारुमा रोक लगाँदा नेपाली मारमा ।

0
447

धनगढी, २६ कात्तिक ।  भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन् । खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीका अनुसार नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाउदा पनि कसैले सटही गर्न नमानेको बताए ।
आफूसँग नेरु नभएको र भारु सटही नहुँदा घर कसरी पुग्ने समस्या भएको मात्र नभई धनगढीमा खान र बस्ने समस्यासमेत भएको दुःखेसो सुनाए । भारतबाट फर्किएका डडेल्धुरा अन्यले पनि भारतीय सरकारले भारु १००० र ५०० दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गरेका छन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् ।