आम्रपालीको मम्स ब्राण्डका नयाँ उत्पादन नेपाली बजारमा ।

0
575

कार्तिक २८ काठमाण्डौ । नेपाली बजारमा बिगत आठ बर्ष देखि बिक्रि बितरण भैरहेको भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डीयाको नयाँ ब्रेक फास्ट उत्पादन शनिबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । बजारमा आएका नयाँ उत्पादनहरुमा चोकोफ्लेक्स,चोकोफिल्स,मुसली र पोरिज नेपाली बजारमा भित्रिएको छ । शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली बजारको माग बमोजिम थप उत्पादन भित्र्याइएको कम्पनीले जनाएको छ । मम्स ब्राण्डका अचार,सस्,जुस,कर्नफ्लेक्स,जाम लगायत ७२ भन्दा धेरै उत्पादन नेपाली बजारमा बिक्रि बितरण भैरहेको छ । मम्सको उत्पादन नेपाली बजारमा पु¥याउन निक्सोन एक्सपर्ट इम्पोर्ट प्रा लि,सन्तोष भेराईटिज र प्रथम टे«डलाईन प्रा लि ले बिक्रि बितरण गर्दै आएको छ ।
छिमेकी भारतमा खाद्यान्न उत्पादनमा सबैभन्दा अगाडी रहेको आम्रपाली ग्रुपले आफ्ना उत्पादनलाई बिश्व बजारमा पठाई रहेको छ । आम्रपालीले निकट भविष्यमा नेपालमै प्लान्ट राखेर उत्पादन गर्ने योजना बनाएको छ ।
उत्पादन सार्वजनिक कार्यक्रममा आम्रपाली ग्रुपका अध्यक्ष डा अनिल कुमार शर्मा,निर्देशक द्धय रितीक सिन्हा र डा स्वप्नील शिखाको साथमा नेपाल संयोजक जनक ओलीको उपस्थिती रहेको थियो । कार्यक्रममा सांगीतक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।