भक्तपुरमा एकाबिहाँनै कुकुरको टोकाईबाट कम्तिमा ३० भन्दाबढि बटुवा घाईते ।

0
743

भक्तपुर, २८ कात्तिक ।  भक्तपुरमा एका बिहाँनै कुकुरले टोक्दा तीसभन्दा बढी बटुवा घाइते भएका छन् । सुडालतिरबाट दौडँदै आएको एउटा कुकुरले सुडाल, कमलविनायक र च्यामासिंहसम्म पैदल हिँड्नेलाई टोक्दै आएको नगरकोट नगरपालिका सुडालका घाइते जीवन गिरीले जानकारी दिए । गिरीका अनुसार दौडँदै आएको कुकुरले बाटोमा भेटे जतिलाई टोक्दै गएको र उनलाई पनि दुई पटक टोकेको छ जसका कारण  कुकुरको टोकाइबाट आज बिहान सुडाल, कमलविनायक, च्यामासिंहका केही क्षेत्रमा तनाब भएको बताए । टोकाइबाट घाइते भएकोहरुको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केन्द्रले कुकुरको टोकाइबाट उपचारका लागि आएका ३४ जनालाई सामान्य उपचार गरी टेकु अस्पताल पठाइएको जनाएको छ । कुकुरलाई च्यामासिंह नजिकै मालपोत कार्यालय जाने बाटामा स्थानीयवासीले घेराबन्दीमा पारेर मारेको जानकारी आएको छ।