पोखरा सभागृहमा तरुण दलको बन्दसत्र सुरु ।

0
616

पोखरा, २८ कात्तिक । पोखरामा नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सभागृहमा बन्दसत्र सुरु भएको छ । शनिबारदेखि सुरु अधिबेुशनमा तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले बन्दसत्रको उद्घाटन गरेका थिए । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा युवासँग सम्बन्धित सबै समस्याको समाधान गर्न आवाज उठाउने तरुण दल वर्तमानको आवश्यकता रहेको बताए । बन्दसत्रमा राजनीतिक, आर्थिक र अन्य समसामयिक विषयमा छलफल गरिनेछ । महाधिवेशनका लागि देशभरबाट आएका एक हजार ४०० प्रतिनिधि बन्द सत्रमा सहभागी छन् ।