देश जोगाउन नोटमा प्रतिबन्ध : मोदी

0
559

नयाँ दिल्ली, २९ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको बताएका छन् ।

नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गरी तत्कालका लागि सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकार सरकारले योजना ल्याएको दावी गरे ।

कसैले सुइको समेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक देखिएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गरेका थिए ।

गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उनको भनाई थियो ।