कार्तिक २९ काठमाण्डौ बिबिसी । न्यूजिल्याण्डमा क्राइस्टचर्च नजिक शक्तिशाली भूकम्प गएको करिब दुई घण्टामा उत्तरपूर्वी तटमा सुनामीको लहर आएको छ।
क्राइस्टचर्चभन्दा ९५ किलोमिटर टाढा केन्द्रबिन्दू बनाएर मध्यरात लगत्तै शक्तिकाली भूकम्प गएको अमेरिकी विशेषज्ञहरुले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र युएसजीएसले ७.८ म्याग्निच्युडको भूकम्प मापन गरेको छ। तर न्यूजील्याण्डको स्थानीय रिपोर्टमा भूकम्प ६.६ म्याग्निच्युडको मात्र हुनसक्ने बताइएको छ।
अधिकारीहरुले सुनामीको पहिलो छाल ठूलो नहुने सम्भावना व्यक्त गरेका थिए।
सरकारले भने सुनामी कैयौं घण्टा सक्रिय रहनसक्ने भन्दै सुरक्षित रहन अपिल गरेको छ ।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन।
भूकम्पको धक्का क्राइस्टचर्च लगायत ठूलो क्षेत्रमा महशुस गरिएको समाचारहरुमा जनाइएको छ।
सिटी सेन्टर क्षतिग्रस्त बनाई दिएको सन् २०११ को भूकम्पले पुर्याएको क्षतिबाट क्राइस्टचर्च अझै पनि तंग्रिने प्रयासमै थियो।
हेराल्ड समाचारपत्रले राजधानी वेलिङगटनसम्म पनि भूक्पमको धक्का महशुस गरिएको जनाएको छ।
त्यहाँ साइरनको आवाज सुनिएपछि मानिसहरु भवनबाट सडकमा निस्किएका र ती मध्ये केही रोइरहेका थिए।
क्राइस्टचर्चका एकजना बासिन्दाले धक्का लामो समयसम्म महशुस गरिएको बताएकी छन्।
उनले समाचार संस्था एएफपीलाई भनिन,हामी निदाएका थियौं, घर हल्लिन थालेपछि ब्युँझियौं। तर घर हल्लि रह्यो हल्लि नै रह्यो।
उसबेलाको भूकम्पमा परेर १८५ जनाको मृत्यु भएको थियो।
न्यूजिल्याण्ड प्रशान्त महासागरको धेरै ज्वालामुखी फुटने र भूकम्प गइरहने जोखिममा पर्दछ।
सेप्टेम्बरमा गीसबोर्नको उत्तरपूर्वमा ७.१ म्याग्निच्यूडको भूकम्प गएर सुनामीको चेतावनी दिनुपरेको थियो।
त्यसबाट भौतिक संरचनामा केही क्षति पुर्याए पनि मानवीय क्षति भएको थिएन।